२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

निर्वाचनको परिणाम एमालेको पक्षमा आउने निश्चित छ : केपी ओली

शुक्रवार , बैशाख ३०, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौँ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरेका छन्। 

    शुक्रबार भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले स्थानीय निर्वाचनमा गठबन्धन भन्दा एमालेले धेरै स्थानमा जित्ने दावी गर्नुभयो । ओलीले अब एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल बन्ने बताए ।

    वडासम्म पनि एक्लै लड्ने हिम्मत कांग्रेसमा नरहेको उनले बताए । त्यस्तै ओलीले ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रस्ताव गरेको  र आफुले अस्वीकार गरेको जिकिर गरे । 

    उनले निर्वाचन हार्ने गठबन्धनका तर्फबाट आक्रमण गर्ने काम भइरहेको आरोप लगाए।