२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

ब्रह्मकुमारी इश्वरिय विश्वविद्यालय पुगेर आर्शिबाद लिएर चुनावी मैदानमा हाेमिए खाँ र थापा

बिहिवार , बैशाख २२, २०७९

भैरहवा। सिद्धार्थनगर नगरपालिकाका गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार इश्तियाक अहमद खाँ तथा उपमेयर पदका उम्मेदवार कमला थापाले भैरहवा स्थित ब्रह्मकुमारी इश्वरिय विश्वविद्यालय पुगेर आर्शिबाद लिनु भएको छ। 

स्थानिय तह निर्वाचनको मिति नजिकदै गर्दा गठबन्धनका तर्फबाट मेयर खाँ तथा उपमेयर थापाले ईश्वरिय परम्परा अनुसार इश्वरिय विश्वविद्यालयकी प्रमुख ब्रह्मकुमारी शान्ति दिदी र ब्रह्मकुमार भुप्रेन्द्रबाट आर्शिबाद लिएका हुन्। 

सबै नागरिकको आस्थाको केन्द्रको रुपमा रहेको इश्वरिय विश्वविद्यालय सहभागि भएर आर्शिबाद लिँदा उम्मेदवारमा सकारात्मक उर्जा प्राप्त हुने र निर्वाचनमा बिजयी हासिल गर्न सजह हुने उल्लेख गर्दै आफुहरु आर्शिवाद लिन पुगेको मेयर पदका उम्मेदवार खाँले जानकारी दिए।

उनले आफु सिद्धार्थनगरको मेयरमा निर्वाचित भएपछि पहिलो प्राथमिकतामा ईश्वरिय विश्वविद्यालयको निर्माणाधिन भवनका लागि काम गर्ने बताए। उनले आफु पदमा रहदा पनि नरहदा पनि यस सस्थाको लागि काम गरिरहेको उल्लेख गरे।

त्यस्तै उपमेयर पदका उम्मेदवार थापाले ईश्वरिय बिश्व बिद्यालयको सस्थागत बिकासका लागि योजनाबद्ध ढङगले काम गर्ने जानकारी दिईन। सो अबसरमा वडा नम्बर १२ का अध्यक्ष करुन्जन श्रेष्ठ लगाएत सदस्य पदका उम्मेदवारहरुले पनि बिद्यालयकी प्रमुख शान्ति दिदीबाट आर्शिबाद लिएका थिए।

सो अबसरमा बोल्दै ब्रह्मकुमारी शान्ति दिदीले यस सस्थामा आएर आर्शिबाद लिने उम्मेदवारहरुमा सकारात्मक उर्जा प्राप्त भई बिजयी हासिल गरेका उदाहरण रहेको बताईन।