२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लैंगिक हिंसाविरुद्ध कानूनसम्बन्धी जानकारी

बिहिवार , बैशाख २२, २०७९

भैरहवा, २२ वैशाख ।
लैगिक हिंसाविरुद्ध कानूनसम्बन्धी जानकारीका बारेमा छलफल भएको छ । महिला तथा बाल अधिकार जिल्ला सञ्जाल रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा भएको कार्यक्रममा सो को बारेमा छलफल गरिएको हो । 

कार्यक्रममा लैगिंक हिंसाविरुद्ध कानूनको कस्तो व्यवस्था छ भन्ने बारेमा सञ्जालका सचिव अधिवक्ता सुनिल त्रिपाठीले प्रस्तुतीकरण गरेका थिए । सञ्जालका संयोजक समिता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा एबिसी नेपाल भैरहवाका क्षेत्रीय प्रबन्धक मनोज लामिछानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । 

शुभ अवसर ग्राम नेपालका संयोजक सत्य नारायण यादवको स्वागतमा भएको कार्यक्रममा माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्री, सिविन रुपन्देही प्रतिनिधि विष्णु पौडेल, निल हिरा समाजका संयोजक मनिला न्यौपाने लगायतले बोलेका थिए ।