२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

एमाले तिलोत्तमाको प्रतिबद्धता : सबै वडाका सबै सडकमा उज्यालो कार्यक्रम

बुधवार , बैशाख २१, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • बुटवल, २१ वैशाख । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) तिलोत्तमाले वडाका सबै सडक र बस्तीलाई उज्यालो बनाउने अवधारणा अघि सारेको छ । नगरपालिकालाई उज्यालो नगरको रुपमा विकास गर्न सवै वडाका सबै सडकलाई उज्यालो बनाउने अवधारणा एमालेले अघि सारेको छ । त्यसका लागि हरेक बस्तीबाट उज्यालो कोष स्थापना गर्ने गरी नगरपालिकाबाट अनुदान प्रदान गरिने प्रस्ताव छ ।

    एमालेका तर्फबाट तिलोत्तमा नगरपालिकाका प्रमुख पदका उम्मेदवार मोहन चापागाईंले चुनाव जितेपछि उज्यालो नगरको रुपमा तिलोत्तमालाई चिनाउन यो अवधारणा अघि सारेको बताए । उनले स्थानीय उपभोक्ता र नेपाल विद्युत प्राधिकरणको समन्वय गरेर यो काम अगाडि बढाउने बताए ।

    ‘मुख्य राजमार्गले तिलोत्तमाको गरिमा बढाएको छ । भित्री सडकलाई पनि हामीले साँच्चै नमूना बनाएर उज्यालो बनाउने अभियानको थालनी गर्ने गरी यो कार्यक्रम अगाडि ल्याएका हौं,’उनले भने ।

    त्यस्तै उनले विद्युत प्राधिकरणकै समन्वयमा हाईटेन्सन लाईनलाई भुमिगत गराउन पनि पहल गर्ने बताए । ‘हामीले सडक बत्तिका साथ साथै विद्युतभार र आर्थिक भार कम गर्न वैकल्पिक उर्जाको कार्यक्रमलाई पनि विशेष प्राथमिकतामा राखेका छौ । गोवरग्याँस प्लान्ट राख्नेलाई अनुदानको व्यवस्था गर्ने पनि हाम्रो योजना छ, ’ उनले भने । 

    साथै उनले नगरभित्रका मुख्य सडकलाई ५ वर्षभित्र दुई लेनको सडकमा स्तरोन्नति गर्ने र सहायक सडकलाई कालोपत्रे गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।