२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

घरघरमा पुग्दै एमालेका उम्मेदवार

मंगलवार , बैशाख २०, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, २० वैशाख ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा यतिबेला सबै राजनैतिक दलका उम्मेदवारहरुको घरदैलो चलिरहेको छ ।

    घरदैलोमा एमाले पंक्ति अगाडि देखिएको छ । एमालेका तर्फबाट मेयरका उम्मेदवार डा. रामप्रसाद बस्याल, उपमेयरका उम्मेदवार उमा अधिकारीसहित वडाअध्यक्ष र सदस्यका उम्मेदवार मात्रै नभइ केन्द्रीय नेताहरु पनि सहभागी भएका छन् ।

    निर्वाचन निर्देशन समिति संयोजक समेत रहेका भरत कुमार पोखरेल, राजेन्द्र प्रसाद पन्थी, हितराज पन्थी, विश्वराज बराल (अनुप), चोपलाल आचर्य, जीवलाल अर्याल, पम्फावती खनाल, चक्र बहादुर थापा मात्रै नभइ एमालेका केन्द्रीय सल्लाहकारहरु प्रा.डा. कपिलदेव लामिछाने, बालकृष्ण  भट्टराई,  गितु गिरीसहित घरदैलो चलिरहेको पार्टीका नगर सचिव नारायण प्रसाद भण्डारीले बताए ।

    cpnuml, 1-20.jpg

    नगरमा मेयर, उपमेयरसहित वडा नम्बर १,२ ४, ७, ८, ९ १० र ११ मा घरदैलो सम्पन्न भएको पार्टीका नगर अध्यक्ष चक्र बहादुर थापाले बताए । समय कम भएकोले घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अगाडी बढाइएको अध्यक्ष थापाले बताए ।