images
images

शनिवार, जेठ ५ गते २०८१

ग्रीन र क्लिन सिद्धार्थनगर बनाउँछुु : खान  

ग्रीन र क्लिन सिद्धार्थनगर बनाउँछुु : खान  

images
images
images
सोमवार, बैशाख १९ २०७९
सोमवार, बैशाख १९ २०७९
  • ग्रीन र क्लिन सिद्धार्थनगर बनाउँछुु : खान  

    भैरहवा, १९ वैशाख ।
    नेपाली कांग्रेसको तर्फबाट सिद्धार्थ नगरपालिकाको मेयर पदका उम्मेदवार इस्तियाक अहमद खाँले सिद्धार्थनगरलाई हरियाली, सुुन्दर, सफा सहर बनाउन आफुूले उम्मेदवारी दिएको बताएका छन् । ‘भैरहवालाई ग्रीन, क्लिन शहर बनाउने मेरो अभियान हो, उनले भने, ‘यसको लागी भैरहवामा बोटनिकल गार्डेन बनाउनेछुु ।’
     
    उनले यससंगै नगरको समस्याको विषय रहेको छाडा चौपायाहरुको व्यवस्थापनको लागि जग्गाको व्यवस्था गरी कांजीहाउसको निर्माण गर्ने समेत बताए । सिद्धार्थनगर वडा नम्बर ५ मा घरदैलोको क्रममा उनले आफ्नो भावी योजना सुनाउँदै नगरलाई पर्यटन क्षेत्रसंग जोडेर विकास निर्माणका योजना सञ्चालन गर्ने कार्यक्रमका बारेमा बताए । ‘नगरलाई सफा, सुन्दर वातावरणमैत्री र उपचारसहितको वनस्पति उद्यान बनाउनेछु‘ खानले भने, ‘विदेशी र स्वदेशी विभिन्न दातृ संस्था खोजेर नगरमा रिगंरोड तयार गर्नेछु ।

    images
    images
    images

    जहाँ रिगंरोडसंगै पानीसहितको नहरमा बोटिङ सञ्चालन गरेर स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिनेछ ।‘ उनले प्लाष्टिकमुक्त नगर, फोहरमैलाको स्थायी व्यवस्थापन, ढल नाली सफाइ, नगरमा विभिन्न जाती तथा संस्कृतिको संरक्षण तथा प्रबद्र्धनका लागि पालैपालो दैनिक जातीय साँस्कृतिक प्रदर्शन, सीपयुक्त श्रमिकको उत्पादन, नवजात शिशुुलाई बीमाको व्यवस्था र विशेष कार्यक्रम ल्याएर सडक बालबालिकामुक्त सडक नगर बनाइने बताए । भिख मागेर गुजारा गर्नेका लागि पनि विशेष कार्यक्रम ल्याइने उनले बताए ।
     
    त्यस्तै उनले स्थानीय कला र संस्कृति झल्किने गरी दैनिक कार्यक्रमको आयोजना गरिने समेत बताए । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसँगै पर्यटकलाई नगरमा टिकाउन यो कार्यक्रमले सहयोग गर्ने उनको विश्वास छ । यसको साथै सातामा एक पटक बेलहिया हुँदै भित्रिने पर्यटकलाई फुलद्वारा स्वागत गरिने योजना उनले सुनाए । यस अतिरिक्त वृद्धभत्ता घरघरमै, बालिका बीमा, वडा वडामा सार्वजनिक शौचालय, स्वच्छ खानेपानी, कृषकहरुलाई मलखाद, बिउउजिनको प्यवस्था लगायतको योजनाहरु उनले सुनाए ।
     
    उपमेयरकी उम्मेदवार थापाले आफूहरुसँगं नगरको विकास गर्ने स्पष्ट योजना रहेको बताइन् । उनले विजयी भएमा गठबन्धनका नेता, कार्यकर्ता तथा आकांक्षीहरुसँग सुुझाव, सल्लाह र सहकार्य गरी आफुुहरुले जनाएका प्रतिबद्धता पुुरा गर्ने बताइन् । नगरको विकासमा लाग्ने बताइन् ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij