images
images

शनिवार, जेठ ५ गते २०८१

पालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुञ्जेल सरकारी गाडी चढ्दिन : पाण्डे

पालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुञ्जेल सरकारी गाडी चढ्दिन : पाण्डे

images
images
images
सोमवार, बैशाख १९ २०७९
सोमवार, बैशाख १९ २०७९
  • पालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुञ्जेल सरकारी गाडी चढ्दिन : पाण्डे

    रुपन्देही, १९ वैशाख ।
    गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामप्रसाद पाण्डेयले गाउँपालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुञ्जेल आफूले सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन् ।

    images
    images
    images

    ‘मतदाताको विश्वास जित्दै आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आएपछि पनि नयाँ एम्बुलेन्सको व्यवस्था जहिलेसम्म हुन्न उक्त अवधिसम्म मैले नियमानुसार पाउने गाडी सुविधा नलिने गरी निर्णय गरेको छु, ’उनले भने । ‘विरामी तथा अशक्तलाई लाई पहिलो प्राथमिकता दिनु मानवीय धर्म हो भन्ने लाग्छ । ’

    उनी छत्रकोटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हुन् । हाल छत्रकोट गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स भएको र त्यो पनि पुरानो अवस्थामा रहेकोले तत्काल नयाँ एम्बुलेन्सको व्यवस्था गर्नु अहिलेको प्राथमिकता रहेको पाण्डेको भनाइ छ ।

    उनले यसअघि कोभिडकालमा पनि अशक्त तथा अत्यावश्यक बिरामी बोक्न आफ्नो निजी गाडी प्रयोग गर्दै आएका थिए । कोभिडकालमा ज्यानै जोखिममा राखेर सेवा गरेको भन्दै स्थानीयले उनको प्रशंसा गर्ने गरेका छन् ।

    आगामी निर्वाचनमार्फत छत्रकोटमा  मतदाताले आफूलाई जिम्मेवारी दिने कुरामा कुनै द्विविधा नरहेको उनले उल्लेख गरे । समुन्नत छत्रकोट बनाउने योजना अनुमोदनका लागि मतदातासँग दैनिक साक्षात्कार भइरहेको पाण्डेको भनाइ छ ।

    सेवा प्रवाह सरल बनाउने जनजीविकाका एजेण्डादेखि पूर्वाधार विकाससम्मका योजनासहित पाण्डे चुनावी मैदानमा छन् । उच्च सामाजिक तथा राजनैतिक छविका कारण पाण्डे र उनको पार्टी उच्च मनोबलका साथ चुनावी दौडाहामा लागेको छ ।
    छत्रकोट एमालेको प्रभाव क्षेत्र हो जहाँबाट अघिल्लो स्थानीय तहको निर्वाचमा पनि एमाले विजयी भएको थियो । एमाले छत्रकोट गाउँ कमिटीका अनुसार चुनावी घरदैलो, भेटघाट मतदाता प्रशिक्षण लगाायतका प्रचारात्मक कार्यक्रम तीव्र रुपमा भइरहेका छन् । त्यहाँ गाउँपालिका उपाध्यक्षमा सावित्रा ज्ञवाली उम्मेदवार छिन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij