images
images

शनिवार, जेठ ५ गते २०८१

रुपन्देहीमा अवैध हातहतियारसहित चारजना पक्राउ

रुपन्देहीमा अवैध हातहतियारसहित चारजना पक्राउ

images
images
images
सोमवार, बैशाख १९ २०७९
सोमवार, बैशाख १९ २०७९
  • रुपन्देहीमा अवैध हातहतियारसहित चारजना पक्राउ

    भैरहवा, १९ वैशाख ।
    रुपन्देही प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको देवदह नगरपालिका–६, सताकखोला बस्ने ३६ वर्षिय गणेश राना, सोही ठाउँका ४६ वर्षिय कृष्णबहादुर कामु, ४९ वर्षिय सुनबहादुर आले र ३६ वर्षिय चेतबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई जनाएको छ ।

    images
    images
    images

    उनीहरुलाई देवदह– ६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक वनभित्र भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए । उक्त वनमा भरुवा बन्दुकसहित मानिसहरु हिँडिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले शनिबार दिउँसो पौने ३ बजे चारैजनालाई पक्राउ गरिएको डीएसपी पौडेलले जानकारी दिए ।

    उनीहरुको साथबाट प्रहरीले ७ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम वारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij