images
images

शनिवार, जेठ ५ गते २०८१

सिद्धार्थनगरमा एकीकृत समाजवादीको घरदैलो अभियान सुरु 

सिद्धार्थनगरमा एकीकृत समाजवादीको घरदैलो अभियान सुरु 

images
images
images
शनिवार, बैशाख १७ २०७९
शनिवार, बैशाख १७ २०७९
  • सिद्धार्थनगरमा एकीकृत समाजवादीको घरदैलो अभियान सुरु 

    भैरहवा, १७ वैशाख ।
    नेकपा (एकीकृत समाजवादी) ले सिद्धार्थनगर नगरपालिकामा घरदैलो सुरु गरेको छ । शनिबारदेखि वडा नम्बर २ देखि घरदैलो सुरु गरिएको पार्टीका नगर अध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए । 

    images
    images
    images

    मेयर पदका उम्मेदवार कुलेन्द्र पुन, वडा नम्बर २ का वडाअध्यक्ष पदका उम्मेदवार सुनिल कुमार पुनसहित वडासदस्य समूहले घरदैलो गरेको थियो । घरदैलो सुरुवातका दिन पार्टी कार्याकर्ता, शुभेच्छुक तथा स्थानीय उल्लेख्यनीय सहभागिता रहेको समाजवादीले जनाएको छ । 

    घरदैलोका क्रममा वडाबासीले एकीकृत समाजवादीको नीति, सिद्धान्त तथा उम्मेदवारहरुले वडा एवं नगरमा आफूले अघि सारेका योजनाबारे स्थानीयलाई जानकारी गराएका थिए । स्थानीयले समाजवादीले अघि सारेका शिक्षा, स्वास्थ्य, नगर विकास, लक्षित समुदायको उत्थान लगायतका मुद्दा राम्रा भएको प्रतिक्रिया दिएको नगर पार्टीका सिद्धार्थनगर उपाध्यक्ष सार्दुल मयुर कसौधनले जानकारी दिए ।

    घरदैलोका क्रममा मेयरका उम्मेदवार पुनले वडा नम्बर २ लाई हरियाली, सुफासुग्गर र यहाँको स्वास्थ्य तथा शिक्षामा आफूले जिते सुधारका काम गर्ने बताए । सुगम जिल्ला भएर पनि यो वडामा राम्रो शैक्षिक संस्था, सरकारी स्वास्थ्य सुविधा नभएको बताउँदै पुनले आफू निर्वाचत भए स्थानीयको सल्लाहसुझाव अनुसार यी क्षेत्रमा काम गर्ने बताए । 

    नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा वडाबासीलाई सास्ती भएको भन्दै मेयर उम्मेदवार पुनले व्यवस्थित फोहोर प्रशोधन केन्द्र बनाउन लागि पर्ने जनाए । नगरपालिकाले वडा नम्बर दुई डण्डा नदीको छेउमा अहिले फोहोर फ्याँक्दै आएको छ । जसले गर्दा स्थानीयले दुर्गन्धको सामाना गर्नु परिरहेको छ । पुनले आफ्नो पहिलो प्राथमिकता नै फोहोर व्यवस्थापन हुने र दुर्गन्धबाट स्थानीयलाई टाढा राखिने प्रतिबद्धता जनाए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij