images
images

शनिवार, जेठ ५ गते २०८१

अघोषित विद्युत कटौतीले रुपन्देहीका उद्योगमा उत्पादन ठप्प

अघोषित विद्युत कटौतीले रुपन्देहीका उद्योगमा उत्पादन ठप्प

images
images
images
शनिवार, बैशाख १७ २०७९
शनिवार, बैशाख १७ २०७९
  • अघोषित विद्युत कटौतीले रुपन्देहीका उद्योगमा उत्पादन ठप्प

    भैरहवा, १७ वैशाख ।

    images
    images
    images

    रुपन्देहीमा अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादन कार्य ठप्प भएको उद्योगीले गुनासो गरेका छन् । विगत एक महिनादेखि विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी २४ घण्टा नै केही दिनदेखि अघोषित रूपमा लोडसेडिङको मारमा परेका छन् । ३३ केभिए तथा ११ केभिए औद्योगिक कोरिडोरका उद्योगहरुमा विगत केही दिनदेखि २४ घण्टै अघोषित विद्युत कटौती भइरहेको सिद्धार्थ उद्योग वाणिज्य महासंघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए । 

    उद्योगहरुमा भएको अघोषित लोडसेडिङले उद्योगहरुको उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रेको, बजारमा मालवस्तुको अभाव सिर्जना भइसकेको तथा मूल्यवृद्धि हुने डर रहेको न्यौपानेले बताए । उनले भने, ‘मुद्रा संचिति कम भएको बेला डिजल खरिद गर्नका लागि पैसा पनि विदेशिने भएको तथा विविध प्रकारका नोक्सानी व्यहोर्नुपरेको कारण निर्वाध रुपमा उद्योगहरु सञ्चालन हुन नसकी उद्योगहरु बन्द हुन स्थितिमा पुगेका छन् ।’

    राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्योगहरुलाई गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको तालिका मिलाइ उद्योग सञ्चालनको वातावरण सिर्जना गर्न उनले माग गरे ।

    उद्योगमा २४ घण्टा नै विद्युत कटौती भएकाले उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत सिद्धार्थ उद्योग वाणिज्य संघले ध्यानाकर्षण गराएको  छ । 

    उद्योगमा विगत एक महिनादेखि दैनिक १२ घण्टा आए पनि अहिले त्यो पनि नआएकोले अघोषित रूपमा लोडसेडिङ नै छ । जसले उद्योग सञ्चालनमा समस्या आएको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक कुमार पौडेलले बताए । उनले उद्योग सञ्चालन हुन नसक्दा आपूर्तिमा असहज हुने चिन्ता व्यक्त गरे । उनले भने, ‘उद्योग सञ्चालन हुन नसके मूल्यवृद्धि हुन सक्छ, सामान आयात गर्नुपर्ने अवस्था आउँछ, जसले गर्दा व्यापार घाटा पनि बढ्छ ।’

    ‘देशको समस्या हामी उद्योगी व्यवसायीले पनि बुझेका छौं । बुधबारबाट लोडसेडिङको तालिका आउँदै छ भन्ने जानकारी आए पनि हालसम्म बल्याक आउटमै उद्योग रहेका छन्,’ सिद्धार्थ उद्योग वाणिज्य संघका एशोसियट सदस्य विकास गोयनकाले भने । लोडसेडिङ गर्ने भए तालिका बनाएर उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना हुनुपर्ने उनको माग छ ।  उद्योग सञ्चालन गर्न नपाइने भए लिखित रुपमा जानकारी गराउनुपर्ने उद्योगीको माग छ । 

    रुपन्देहीको लुम्बिनी कोरिडोरमा मात्रै २ दर्जन बढी र भैरहवा बुटवल क्षेत्रमा दर्जन बढी उद्योग अहिले बन्द सरहको अवस्थामा पुगेको उद्योगी बताउँछन् ।

    नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवेले विद्युत् आपूर्तिमा समस्या भएको कारण उद्योगतर्फ समस्या आएको बताए । उनले भने, आएको विद्युत हामीले वितरण गर्ने हो, उद्योगहरुको माग अनुसारको आपूर्ति नभएकोले विद्युत अनियमित हुने गरेको हो यो अघोषित होइन । ’ 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij