images
images

शनिवार, जेठ ५ गते २०८१

सिद्धार्थनगरमा गठबन्धनको घरदैलो सुुरु 

सिद्धार्थनगरमा गठबन्धनको घरदैलो सुुरु 

images
images
images
शनिवार, बैशाख १७ २०७९
शनिवार, बैशाख १७ २०७९
  • सिद्धार्थनगरमा गठबन्धनको घरदैलो सुुरु 

    भैरहवा, १७ वैशाख । 
    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवामा उत्सासाथ घरदैलो अभियान सुुरु गरेको छ । गठबन्धनबाट मेयर (प्रमुख) मा नेपाली कांग्रेसका इस्तियाक अहमद खान र उपमेयर (उपप्रमुख) मा माओवादी केन्द्रबाट कमला थापा उम्मेदवार छन् ।

    images
    images
    images

    सिद्धार्थनगर वडा नम्बर १ बाट सुुरु भएको घरदैलोमा कांग्रेसबाट मेयरका आकांक्षी सुुरेन्द्रजंग थापा, विजय शर्मा, महेन्द्रकुुमार श्रेष्ठ र सुशील गुुरुङ तथा माओवादीका मनिष कुमार जोशीले इस्तियाक अहमद खानलाई विजयको शुभकामना दिँदै संयुुक्त रुपमा अंकमाल र हातेमालो गरी घरदैलोको सुुरुवात भएको कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्काले जानकारी दिए ।

    त्यस्तै, उपमेयरकी आकांक्षी पल्लवी न्यौपानेले पनि कमला थापालाई विजयको शुुभकामना दिंदै गठबन्धनलाई विजयी गराउन आफू निरन्तर लागिरहने बताइन् । मेयरका उम्मेदवार खानले नगरको विकास, राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताउँदै गठबन्धनका मेयर र उपमेयर दुवैले विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।

    खानले आफ्नो एक मात्र लक्ष्य नगरको विकास र जनताको सेवा रहेको बताए । जनताको चाहना र नगरको आवश्यकता अनुसार गठबन्धनले विकासलाई अगाडि बढाउने उनले बताए । ‘नगर समृद्ध बन्नुपर्छ भन्ने सबै नगरबासीको चाहना छ, तर विगतमा नगरको नेतृत्वमा पुगेकाले गर्न सकेनन्’, खानले भने, ‘जनअपेक्षा एकातिर थिए, नेतृत्वले अर्कातिर काम गरे । म नेतृत्वमा आएँ भने सबैको रायसुझाव लिएर एकीकृत विकासमा लाग्छु ।’

    घरदैलो कार्यक्रममा खानले बेलहियाबासी सीमा रक्षक र धर्मीमाता भएको बताए । ‘सीमा क्षेत्रमा बसेर यहाँहरुले नेपाली भूमिको रक्षामा पनि मैले योगदान दिएको पाएको छु, यो बेलहियाबासीको मात्रै नभएर मुलुकककै लागि राम्रो सन्देश हो’, उनले भने । मेयरका उम्मेदवार खानले आफू बेलहियाबासी भएको र यहाँका हरेक समस्यासँग परिचित रहेको बताउँदै नागरिकको भावनाविपरीत कहिल्यै जान नसक्ने बताए ।

    ‘पदमा कुनै बेला भइएला, कुनै बेला नभइएला तर म सधै नगरबासीसँग छु, हरेक सुखदुःखमा साथमा हुनेछु’, उनले भने, ‘विगतदेखि मैले गर्दै आएको समाजसेवालाई अझ फराकिलो रुपमा निरन्तरता दिन्छु ।’ उनले बेलहियामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा अझै पछि परेको जनाउँदै त्यसका लागि आफ सधै लाग्ने जनाए ।

    त्यस्तै, उपमेयरका उम्मेदवार कमला थापाले आफू विजयी भएमा गठबन्धनका नेता, कार्याकर्ता तथा आकांक्षीहरुसँग सुुझाव, सल्लाह र सहकार्य गरी नगरको विकासमा लाग्ने बताइन् । उनले कांग्रेस र माओवादीका कार्यकर्ताहरुलाई समेत इमान्दार भएर चुुनावी अभियानमा लाग्न आग्रह गरिन् । घरदैलोको सुरुवातमै देखिएको उत्साहले आफूहरुको जित सुनिश्चित भइसकेको उनले बताइन् । सो अवसरमा मेयर तथा उपमेयरका आकांक्षीहरुले गठबन्धनमा एकता र विश्वास नै जीतको पहिलो आधार भएको बताए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij