images
images

शनिवार, जेठ ५ गते २०८१

जसपा सिद्धार्थनगरद्वारा ५५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन

जसपा सिद्धार्थनगरद्वारा ५५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन

images
images
images
शनिवार, बैशाख १७ २०७९
शनिवार, बैशाख १७ २०७९
  • जसपा सिद्धार्थनगरद्वारा ५५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन

    भैरहवा, १७ वैशाख ।
    जनता समाजवादी पार्टी नेपाल, (जसपा) सिद्धार्थनगरको बैठक सम्पन्न भएको छ । बैठकले जसपाका लुम्बिनी प्रदेश समिति सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज मोहम्मद अलीको नेतृत्वमा ५५१ सदस्य निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।

    images
    images
    images

    यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जसपाका उम्मेदवारहरूलाई जिताउनका लागि तीव्र रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले समिति गठन गरिएको पार्टीका लुम्बिनी प्रदेश सदस्य रवि कुमार रौनियारले बताए ।

    बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य किस्मत विश्वकर्माले जसपा नेपालको एक मात्र वैकल्पिक शक्तिको रूपमा उदाउने बताए । उनले जसपाकै नेतृत्वमा मुलुकमा विकास हुन सक्ने बताए ।

    जसपाका वरिष्ठ नेता महेन्द्र यादव, प्रदेश सदस्य रवि कुमार रौनियारले जसपाको जित सुनिश्चित भएकोले पार्टीका नेता कार्यकर्तालाई निरन्तर प्रचारप्रसारमा लाग्न आग्रह गरे । बैठकमा जसपाबाट सिद्धार्थनगर नगरपालिकाका मेयरका उम्मेदवार मात्रिका प्रसाद यादव, उपमेयर उम्मेदवार आसमा खातुनको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij