२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

सिद्धार्थनगर–१२ मा राप्रपाको घरदैलो अभियान तीव्र

बिहिवार , बैशाख १५, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा घरदैलो अभियानले तीव्रता दिएको छ । सोही क्रममा बुधबार राप्रपाबाट सिद्धार्थनगर नगरपालिका प्रमुख (मेयर) का उम्मेदवार सागर प्रताप राणा, उपप्रमुखका उम्मेदवार विनिता गुप्ता, वडाअध्यक्षका उम्मेदवार बलराम शर्मा, वडा सदस्यका उम्मेदवार श्रृजना शेर्पाली, कविता कार्की, ईशान भण्डारी, मोहन कुमार नाउसहितको टोलीले घरदैलो अभियान गरेको हो ।

    राप्रपाका उम्मेदवारहरु सिद्धार्थनगर–१२ अन्तर्गत आवारोड, कालिकापथ लगायतका टोलमा पुगि यसपटक राप्रपालाई मतदान दिन आग्रह गरेका छन् । उनीहरु वडाबासीको घरदैलोमा पुगेर राप्रपालाई जिताउन आग्रह गरेका हुन् ।

    नगरप्रमुखका उम्मेदवार सागर प्रताप राणाले नगरको विकासका लागि राप्रपालाई जिताउन आग्रह गरे । उनले विगतमा पनि राप्रपाले नगरको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    नगर उपप्रमुखका उम्मेदवार विनिता गुप्ताले नगरको विकासका लागि राप्रपाको पक्षमा मतदानका लागि आग्रह गरिन् ।

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सिद्धार्थनगरका १३ वटै वडामा राप्रपाले घरदैलो अभियान सञ्चालन गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए ।

    IMG_7178.JPG
    IMG_7224.JPG
    IMG_7245.JPG