बुधवार , बैशाख १४, २०७९
भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा विभिन्न पार्टी परित्याग गरी १५० बढी कांग्रेसमा प्रवेश गरेका छन्।
मंगलबार बसडीलवको शिवालय मन्दिर प्रांगणमा नेपाली कांग्रेस मायादेवी ८ द्वारा आयोजीत पार्टी प्रवेश कर्यक्रममा एउटै वडाका एक सय पचास जना भन्दा बढी संख्यमा पार्टी प्रवेश गरेका हुन्। नेकपा एमाले परित्याग गरी रत्न बहादुर कुँवर, नविन बहादुर सुनार, देवनारायण चौधरी लगायतका व्यक्ती कांग्रेस प्रवेश गरेका हुन्। २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले मायादेवी ८ का तर्फबाट वडा सदस्यको उम्मेदवार रहेर मात्र ४ भोटले पराजित भएका झपिन्द्र कुमार सुनार (रविन्द्र) पनि एमाले परित्याग कांग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेस मायादेवी–८ का उपसभापति राजकुमारी चौधरीको सभापतित्व, पार्टीका महासमिति सदस्य देवीप्रसाद चौधरी, रुपन्देही क्षेत्र नं. ३ का सभाति सुशील गुरुङ, रुपन्देही क्षेत्र नं. ३ का सचिव लेखनाथ भट्टराई, कांग्रेस मायादेवी गाउँपालिकाका सभापति पदम भण्डारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा मायादेवी गाउँपालिकका अध्यक्ष पदका उम्मेदवार ध्रुवनारायण चौधरी, उपाध्यक्षका उम्मेदवार तारादेवी यादव, मायादेवी ८ का वडा अध्यक्षका उम्मेदवार विक्रम बहादुर सुनार, पार्टीका पूर्व महासमिति सदस्य दल बहादुर बि.क लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij