२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

गठबन्धन दलका तर्फबाट बुटवलको प्रमुखमा पाण्डेको उम्मेदवारी

सोमवार , बैशाख १२, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • रुपन्देही, १२ वैशाख ।
    आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ । 

    बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । आफ्ना कार्यकर्ताका साथमा आज उपमहानगरको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । पाँच दलीय गठबन्धन भए पनि कांग्रेसका नेता कार्यकर्ताका साथ उम्मेदवारी दर्ताका लागि पाण्डे निर्वाचन आयोग पुगेका हुन् ।

    उम्मेदवारी दर्ता गराउनु पूर्व सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले पूर्वाधार विकासका कामलाई प्राथमिकता दिने बताए । बुटवलको सडक, खानेपानी र सुकुम्बासी समस्या समाधानको कामलाई पूर्णता दिने उनको भनाइ छ ।

    गठबन्धनका तर्फबाट उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का चीनबहादुर गुरुङले उम्मेदवारी दिँदै हछन् । यसअघि नै गठबन्धन दलको जनता समाजवादी पार्टी (जसपा)ले आइतबार प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएको छ  । पद बाँडफाँटको विषयमा गठबन्धन दलमा विवाद भएपछि कांग्रेसले एकल रुपमै प्रमुखसहित अन्य वडाका पदमा उम्मेदवारी दर्ता गराएको हो । रासस