२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

एमाले सिद्धार्थनगर–४ का अध्यक्ष राजेश गुप्ता जनमत पार्टीमा प्रवेश

आइतवार , बैशाख ११, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ११ वैशाख ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ कमिटीका अध्यक्ष राजेश कुमार गुप्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

    स्थानीय तहको निर्वाचनका लागि वडाअध्यक्ष उम्मेदवारका आंकाक्षी समेत रहेका गुप्ता आइतबार जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

    उनलाई जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव, केन्द्रीय सदस्य रामकेश गुप्ता लगायतले पार्टीमा स्वागत गरे । पार्टी प्रवेशसँगै जनमत पार्टीले उनलाई सिद्धार्थनगर–४ को वडाअध्यक्ष उम्मेदवार बनाउने भएको छ ।