images

शनिवार, बैशाख २२ गते २०८१

लोसपा नेता अम्रिक चौधरी जनता प्रगतिशील पार्टीमा प्रवेश

लोसपा नेता अम्रिक चौधरी जनता प्रगतिशील पार्टीमा प्रवेश

मेयरमा उम्मेदवारी दिने

images
images
images
आइतवार, बैशाख ११ २०७९
आइतवार, बैशाख ११ २०७९
  • लोसपा नेता अम्रिक चौधरी जनता प्रगतिशील पार्टीमा प्रवेश

    भैरहवा, ११ वैशाख ।
    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का युवा नेता अम्रिक चौधरी (बिक्कु) हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालमा प्रवेश गरेका छन् । लोसपा परित्याग गरी उनी आइतबार जनता प्रगतिशील पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रदिप पाठक, महामन्त्री नविन पाठक लगायतले स्वागत गरेका हुन् । पार्टी प्रवेशसँगै चौधरीले लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख (मेयर) मा उम्मेदवारी दिने भएका छन् । 

    images
    images
    images

    त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका पूर्व उपप्रमुख जानकीदेवी श्रीवास्तव पनि जनता प्रगतिशीलमा प्रवेश गरेकी छन् । श्रीवास्तव गत स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् । गत महिना उनले जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गरी लोसपामा प्रवेश गरेकी थिइन् । 

    आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै युवा नेता अम्रिक चौधरीले युवा वर्ग राजनीतिमा आउन जरुरी रहेकोले राजनीतिमा आएको बताए । उनले युवा वर्ग राजनीतिमा नआएसम्म मुलुकको विकास हुन नसक्ने बताए । उनले लुम्बिनी क्षेत्रमा लोसपालाई स्थापित गरे पनि पार्टीले धोका दिएको बताए । उनले भने, ‘लोसपाले आश्वासन दियो, सम्पूर्ण रुपमा पार्टीको संगठन विस्तार अभियानमा लाग्यौं, तर एकलौटी रुपमा अर्कै व्यक्तिलाई टिकट दिइयो ।’ टिकट दिएकोप्रति आपत्ति नभए पनि राजनीतिक रुपमा आफूहरुलाई पछाडी धकेल्ने काम लोसपाबाट भएको उनले बताए । लोसपाबाट टिकट पाउँदापाउँदै लुम्बिनी साँस्कृतिक नगरपालिकाका केही वडाअध्यक्षहरु प्नि जनता प्रगतीशिल पार्टीमा आएको उनको भनाइ थियो ।

    मेयरमा आफू निर्वाचित भए युवामैत्री, वातावरणमैत्री र बालमैत्री नगर बनाउने बताए । उनले ‘एक घर, एक उद्यमी’, प्राविधिक शिक्षा, सिपमूलक तालिम, महिलालाई स्वरोजगार, अत्याधुनिक खेल मैदान, लुम्बिनी विकास कोषमा स्थानीयलाई रोजगार, कृषकलाई किसान कार्ड, मल, बिउबिजन लगायतको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुखमा पार्टीको तर्फबाट अम्रिक चौधरी र उपप्रमुखमा जानकी देवी श्रीवास्तवलाई उम्मेदवार बनाउने जनता प्रगतिशीलका रुपन्देही जिल्ला अध्यक्ष प्रदिप पाठकले बताए । उनले सकेसम्म नगरका १३ वटै वडा नभए हाल ११ वडामा पनि पार्टीबाट उम्मेदवार बनाएर स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गराइने बताए । फरक ढंगले पार्टी अगाडी बढ्ने पाठकले बताए । उनले भने, ‘नेपालमा धेरै पार्टीहरु छन, नयाँ सोचका साथ अगाडी बढेका छौं ।’ जीवन श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij