images

शनिवार, बैशाख २२ गते २०८१

यी हुन् रुपन्दहीका पाँच नगरपालिकाका एमाले उम्मेदवार

यी हुन् रुपन्दहीका पाँच नगरपालिकाका एमाले उम्मेदवार

images
images
images
आइतवार, बैशाख ११ २०७९
आइतवार, बैशाख ११ २०७९
  • यी हुन् रुपन्दहीका पाँच नगरपालिकाका एमाले उम्मेदवार

    रुपन्देही, ११ वैशाख ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रुपन्देहीका पाँचवटा नगरपालिकाको प्रमुख/उपप्रमुख उम्मेदवारको टुंगो लगाएको छ ।जसअनुसार सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा डा. रामप्रसाद बस्याल र उपप्रमुखमा उमा अधिकारी उम्मेदवार हुने भएका छन् ।

    images
    images
    images

    त्यस्तै तिलोत्तमा नगरपालिकाको प्रमुखमा मोहन चापागाई र उपप्रमुखमा जगेश्वरीदेवी चौधरीलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । चापागाई एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष समेत हुन् ।

    त्यस्तै देवदह नगरपालिका प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने एमालेले निर्णय छ । खरेल एमाले प्रदेश कमिटी सदस्य हुन् भने गुरुङ जिल्ला कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख हुन् । देवदहमा यसअघि नगरप्रमुख नेपाली कांग्रेसले जितेको थियो भने उपप्रमुख एमालेले जितेको थियो ।

    त्यस्तै सैनामैना नगरपालिकाबाट नगरप्रमुखमा हालका नगरप्रमुख चित्र बहादुर कार्की र उपप्रमुखमा हालका उपप्रमुख बिना रानालाई नै दोहोर्याउने निर्णय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताए । कार्की एमाले रुपन्देहीका उपसचिव समेत हुन् ।
    लुम्बिनी साँस्कृतिक नगरपालिकामा रमावती यादव नगर प्रमुख र कल्पना हरिजनलाई उपप्रमुखमा उठाउने एमालेको निर्णय छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij