images

आइतवार, बैशाख २३ गते २०८१

रोटरी बैठकमा मानसिक समस्याबारे चर्चा

रोटरी बैठकमा मानसिक समस्याबारे चर्चा

images
images
images
आइतवार, बैशाख ११ २०७९
आइतवार, बैशाख ११ २०७९
  • रोटरी बैठकमा मानसिक समस्याबारे चर्चा

    बुटवल, ११ वैशाख ।
    रोटरी क्लब अफ बुटवलको १४ सय ११ औं नियमित बैठक बुटवलमा सम्पन्न भएको छ । क्लबका प्रेसिडेन्ट नोमिनी करुण खनालको अध्यक्षतामा बसेको बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो । बैठकमा गेष्ट स्पिकरको रुपमा चौतारी नेपाल हेल्थ फाउन्डेशन मणिग्रामका निर्देशक उमेश आचार्य सहभागी थिए ।

    images
    images
    images

    त्यस अवसरमा बोल्दै उनले चौतारी हेल्थ फाउण्डेशनले लागूऔषधको कुलतमा फसेका र मानसिक समस्या झेलेकाहरुको लागि उपचार गर्दै आएको र यसमा सफलता हासिल गर्दै गएको बताए । 

    अहिलेसम्म १६ हजारलाई उपचारका लागि भर्ना गरिएकोमा ९७५ जना उपचारपछि सकारात्मक सोंचका साथ डिस्चार्ज भएको पनि उनले जानकारी दिए । उनले चौतारी नेपाल हेल्थ फाउन्डेशनमा २५ बेडको अस्पताल सञ्चालनमा रहेको र बिरामीको कुरुवा नराखीकनै उपचार गर्ने व्यवस्था मिलाइएको भन्दै १२ सय ५० जनालाई उपचार सेवा दिएर जिवन जिउने कला सिकाइएको बताए । उनले कोभिड महामारीपछि मानसिक समस्या र लागूऔषधको प्रयोग बढ्दो रहेको भन्दै नेपालमा १५ देखि २० प्रतिशत मानिस मानसिक समस्याबाट गुज्रिएको बताए । 

    त्यस अवसरमा रोटरीयनहरु आमोद सिमांगैडा वासुदेव अर्याल, पुरन श्रेष्ठ, लेखनाथ भुसाल, रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष बरुण ज्ञवाली लगायतले विभिन्न जिज्ञासा राखेका थिए । त्यस्तै बैठकमा क्लबका कार्यवाहक सचिव दिवाकर घिमिरेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने रोटरीयनहरु लक्ष्मण श्रेष्ठ, रेखा ज्ञवाली लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij