२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

लोसपाबाट ओमसतिया अध्यक्षको उम्मेदवारमा युवा इञ्जिनियर सन्दिप यादव

आइतवार , बैशाख ११, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ११ वैशाख ।
    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्षमा इञ्जिनियर सन्दिप यादवलाई उम्मेवार बनाउने भएको छ ।

    लोसपाले ओमसतियामा इञ्जिनियर यादवलाई सर्वसम्मत रुपमा उम्मेदवारको रुपमा अगाडी सारेको पार्टीका युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले बताए । 

    २९ वर्षिय इञ्जिनियर नवलपरासीस्थित वायोग्यास प्लान्टमा काम गरी अनुभव लिइसकेका छन् । अब युवा र शिक्षित व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्ने सोचका साथ आफू उम्मेदवारका रुपमा अघि बढेको उनले बताए । उनले भने, ‘मुलुक, राजनीतिक स्थिरता हुन सकेन, अब आफै नेतृत्वमा आएर केही गर्नुपर्छ भन्ने सोचले गाउँपालिका अध्यक्षको उम्मदेवार बन्न लागेको हुँ ।’