२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

संगठनको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर

शनिवार , बैशाख १०, २०७९

भैरहवा, १० वैशाख ।
उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको कार्यालय भवन परिसरमा भएको शिविरमा १ सय जनाले सेवा लिनुभएको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता तथा डा. प्रकाश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्री, हेल्थ असिस्टेन्ट मुंगेरी लाल कहार लगायतले बोलेका थिए ।

sivir (4).jpg

कार्यक्रम संयोजक तथा संगठनका सह–कोषाध्यक्ष मधुसुदन अर्यालको स्वागत, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।