२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

मेयरमा सिफारिस नभएपछि क्षेत्रीय सभापति लम्सालले दिए पार्टीबाट राजीनामा

शुक्रवार , बैशाख ९, २०७९

  • 5.9K
    Shares
  • 5.9K
    Shares
  • बुटवल, ९ वैसाख । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीबाट राजीनामा दिएका छन्।

    स्थानीय तहको निर्वाचनको विषयमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरित निर्णय गरेको भन्दै उनले पार्टीको साधारण सदस्य समेत नरहने गरि शुक्रबार राजीनामा दिएका हुन्।

    बुटवल उपमहानगरपालिकाको प्रमुखमा आकांक्षी समेत बनेका लम्सालले जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएका हुन्।

    उनले पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेर अरू नेता तथा कार्यकर्ताको भावनामा ठेस पुर्‍याएको दाबी गरेका छन्।