२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

नेपालगन्ज : माओवादी केन्द्रका नेता नन्दलाल वैश्य राप्रपामा प्रवेश

बिहिवार , बैशाख ८, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • रुपन्देही, ८ वैशाख । 
    नेपाली कांग्रेसलाई नेपालगंजको मेयर भागबण्डामा परे पनि नेकपा (माओवादी केन्द्र) का स्थानीय नेता नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा  प्रवेश गरेका छन् । 

    सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका कांग्रेसलाई दिएपछि मेयरमा पार्टीबाट उम्मेदवारीको दावी गरेका वैश्य निराश थिए ।

    राप्रपा महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल समशेर राणा, जिल्ला अध्यक्ष लगायतका नेताहरुले वैश्यलाई पार्टीमा स्वागत गरेका थिए । स्रोतका अनुसार राप्रपाबाट वैश्य नेपालगजको मेयर पदमा उम्मेदवार बन्ने तयारीमा छन् । 

    वैश्य नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन् । नेपालगन्जमा जसपाले पनि आफ्नो नेतृत्व नपाएपछि गठबन्धनमा नबस्ने घोषणा गरेको छ ।