बिहिवार , बैशाख ८, २०७९
कपिलवस्तु, ७ बैशाख । समाजसेवी तथा युवा व्यवसायी सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त भएका छन् ।
बुटबल उपमहानगरपालिका–११, कालिकानगर निवासी ३४ वर्षे नवनियुक्त सल्लाहकार गुरुङलाई कोषका योजना प्रबन्धक सरोज भटराईले स्वागत गरे । साथै उनले गुरुङलाई सल्लाहकारको नियुक्ती पत्र प्रदान गरे । उगलाई कोषले पँ“च वर्षकालागि सल्लाहकारमा नियुक्त गरेको छ ।
उनी तमु युवा छोज धीः र गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष समेत हुन् । उनी रेष्टुरेन्ट तथा निर्माण व्यवसायमा समेत आवद्ध छन् । विभिन्न समयमा उहाले लुम्बिनी आसपासका गरिब विपन्न र असाहयलाई लत्ताकपडा वितरण गरेका छन् ।
‘मानवलाई महान ज्योति, आशा र सर्वोच्य आनन्द प्रदान गर्नु भएका भगवान गौतम बुद्धलाई सधैं शान्तिकालागि उत्प्रेरित गर्ने नेपाली भूमि प्रति विदेशीको अपार श्रद्धा र नमन छ,’ उनले भने, ‘नेपालीले पनि त्यस्को अनुशरण गर्नु पर्छ ।’ यस्ले अध्यात्मिक ऊर्जा र पवित्रतालाई उजागर गर्छ उनले भने। संसारभरका शान्तिकामी र विकास प्रेमीको अध्ययन केन्द्र हुन्छ । त्यसैले उनले अब आफू लुम्बिनीलाई धार्मिक र सास्कृतिक महत्वको शान्तिधामको गन्तब्य बनाउन लागि पर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij