२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

कांग्रेसले खराब प्रवृतिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनायाे : अध्यक्ष ओली

बिहिवार , बैशाख ८, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले खराव प्रवृतिका व्यक्तिहरुलाई साथमा लिएर गठबन्धन बनाएको बताएका छन् ।

    बिहीबार काठमाडौंमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको र यसले कांग्रेसलाई नै सिद्धाउने बताएका हुन् ।

    पाँच दलिय गठबन्धन राजावादी राप्रपालाई लिएर ६ दलीय गठबन्धन भइसकेको र यसको उदेश्य एमाले र ओलीप्रति लक्षित भएको उनले बताए । त्यस्तै ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन आफ्नै पार्टीका नेताहरुलाई निर्देशन दिए ।

    प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको उनको भनाई छ । ओलीले एमालेले हरेक समयमा ठिक निर्णय गर्दै अघि बढेको धारणा राखे । उहाले परमादेशबाट बनेको सरकारलाई जनादेशबाटै हटाएर सिंहदरबार फर्किने बताए । 

    कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरुलाई सपथ खुवाइएको थियो ।