२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्वार्थनगरद्वारा बधाई तथा शुभकामना आदानप्रदान

बिहिवार , बैशाख ८, २०७९

भैरहवा, ८ वैशाख ।
नयाँ वर्ष २०७९ सालको अवसरमा नेपाल राष्ट्रिय शिक्षण संगठन (एनएनटीए) सिद्वार्थनगर नगर कमिटी रुपन्देहीले शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनको हालै सम्पन्न १३ औं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय समितिमा निर्विरोध निर्वाचित भएका भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीलाई बधाईसहित सम्मान गरिएको छ  ।

सो अवसरमा संगठनका जिल्ला अध्यक्ष धनिश्वर गौतमले संगठनका गतिविधिका बारेमा प्रकाश पार्दै समाज परिवर्तनका सम्वाहकको रुपमा रहेको शिक्षक सदैव इमान्दार भएर पेशाप्रति समर्पित हुनुपर्नेमा जोड दिए । विभिन्न कार्यक्रममार्फत आफूहरुले शैक्षिक गुणस्तर बढाउनमा राज्यलाई सहयोग गरिरहेको पनि उनले बताए ।

त्यस्तै संगठनका केन्द्रीय सदस्य मोतीलाल सुवेदीले शिक्षकको हकहित र शैक्षिक गुणस्तरमा सुधारका लागि आफु सदैव तयार रहेको बताउँदै यसका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संगठनका जिल्ला सचिव यज्ञ लाल सापकोटा, जिल्ला सदस्य कल्पना पौडेल, सिद्धार्थनगर नगर उपाध्यक्ष बसन्त खनाल, शिक्षक पिताम्बर पन्त, महेश प्रसाद गुप्ता, अमृत कुमार शाही लगायतले शुभकमना मन्तव्य राखेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धार्थनगरका अध्यक्ष पवित्रा कोइराला र नगर सचिव भरत गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।