२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

जनमत पार्टी रुपन्देहीद्वारा ‘टिकट’ वितरण सुरु

बुधवार , बैशाख ७, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, ७ वैशाख ।
    डा. सिके नेतृत्वको जनमत पार्टीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण सुरु गरेको छ ।

    बुधबार रुपन्देहीका १३ पालिका र ८६ वटा वडामा उम्मेदवार बन्ने नेता/कार्यकर्तालाई टिकट वितरण गरिएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए । भैरहवाबाट पालिका प्रमुख/उपप्रमुख, वडाअध्यक्ष तथा सदस्य पदको उम्मेदवार बन्नका लागि टिकट वितरण गरिएको उनले बताए ।

    बाँकी रहेका वडाहरुमा (बिहीबार) भोलि वितरण गरिने यादवले जानकारी दिए ।