२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

सिद्धार्थनगरको मेयर उम्मेदवारमा राप्रपाबाट राणा सिफारिस

बुधवार , बैशाख ७, २०७९

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, ७ वैशाख ।
    सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) को उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सागर प्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् ।

    राप्रपा रुपन्देहीका अध्यक्ष समेत रहेका राणालाई सिद्धार्थनगर नगर समिति समितिले सर्वसम्मत रुपमा नगर प्रमुखको उम्मेदवारमा सिफारिस गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए । राणा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन् ।

    278780141_335936701939012_7912351049940880916_n.jpg

    राप्रपा सिद्धार्थनगरका अध्यक्ष चन्द्रभक्त श्रेष्ठको अध्यक्षता, रुपन्देही जिल्ला उपाध्यक्ष एवं उम्मेदवार छनौट समितिका संयोजक अजय कुमार गुप्ताको प्रमुख आतिथ्यता, निर्वाचन छनौट समितिका सदस्य एवं पार्टीका जिल्ला कोषाध्यक्ष राजेश ढकालको उपस्थितिमा बैठक बुधबार भैरहवामा सम्पन्न भएको हो ।