
बुधवार , बैशाख ७, २०७९
भैरहवा, ७ वैशाख ।
सिद्धार्थनगर नगरपालिकामा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । पीएसआई नेपालको सहयोग तथा कपिलवस्तु इंटीग्रेटेड डेवलपमेंट सर्विसेज (किड्स) द्वारा सञ्चालित किशोरकिशोरी तथा युवा कार्यक्रम र महिला स्वास्थ्य कार्यक्रमले चालु आर्थिक वर्षमा गरेको प्रगति विवरण कार्यक्रममा पेश गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले किड्स संस्थाले परिवार योजना क्षेत्रमा पब्लिक प्राइभेट सेक्टरको मोडेलमा उदाहरणीय काम गरेको बताए ।
सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता देवी न्यौपानेले किड्सले परिवार योजना लगायत एचआइभी/एड्स र क्षयरोग पत्ता लगाउने र उपचारमा पनि यस नगरमा उल्लेख्य भूमिका खेलेको बताइन् । उनले कार्यक्रममा प्रतिमा फार्मेसीले परिवार योजनाको सेवा आयुसीडी र इम्प्लान्टको सेवा यो परियोजनाको अवधि सकिए पनि यस नगरबाट उक्त सेवा बन्द हुन नदिने र आवश्यक भएकालाई निःशुल्क आयुसीडी र इम्प्लांट प्रतिमा फार्मसीबाट निरन्तर रूपमा हुने बताइन् । यस कार्यक्रमको प्रगति विवरण किड्सका हुमलाल अधिकारी र कमला शुक्ला पेश गरेका थिए ।
सिद्धार्थनगर नगरपालिका उपप्रमुख प्रमुख उमा काफ्लेले अझै पनि सानो उमेरमा हुने विवाह र कम उमेरमा आमा बन्ने तीतो सत्यलाई नकार्न नसकिने बताइन् । उनले किड्स संस्थालाई धन्यवाद दिदै आउने दिनमा अझै महिला तथा बालबालिका केन्द्रित कार्यक्रम लिएर आउने अपेक्षा रहेको बताइन् । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij