२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

सिद्धार्थनगरको मेयर उम्मेदवारमा जसपाबाट अर्जुन जैसवाल सिफारिस

बुधवार , बैशाख ७, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ७ वैशाख ।
    सिद्धार्थनगर नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले अर्जुन प्रसाद जैसवाललाई उम्मेदवार सिफारिस गरेको छ । जसपा सिद्धार्थनगरका अध्यक्ष समेत रहेका जैसवाललाई मेयर पदमा सर्वसम्मत सिफारिस गरिएको पार्टीले जनाएको छ ।

    जैसवाल यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट मेयर पदको उम्मेदवार थिए ।
    त्यस्तै नगर समितिले उपप्रमुखको उम्मेदवारमा आसमा खातुन फकिर, वडा नम्बर १ को अध्यक्षमा उज्जवल पोखरेल, २ को अध्यक्षमा दिलिप कुमार कहाँर, ३ मा कैस मोहम्मद साई र ४ मा गोविन्द यादवलाई उम्मेदवारमा सिफारिस गरेको छ । 
    यसअघि जसपा सिद्धार्थनगरले पाँचदलीय गठबन्धनमा सहभागि नहुने निर्णय गरिसकेको छ ।