
बुधवार , बैशाख ७, २०७९
भैरहवा, ७ वैशाख ।
रुपन्देहीको नागरिक समाज सिद्धार्थनगर, रुपन्देहीको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन मंगलबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले ईश्वरी प्रसाद चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा श्रीराम गुप्ता, उपाध्यक्षमा शारदा पोखरेल, कृष्ण प्रसाद पौडेल, चन्द्र बहादुर रोका, रामकृष्ण हमाल, महासचिवमा दीपक कुमार केसी, सचिवमा तुल्सा शर्मा वाग्ले र कोषाध्यक्षमा इशा खड्का रहेका छन् ।
त्यस्तै सदस्यमा सुकई प्रसाद चौधरी, उषा पोखरेल, नरेन्द्र बहादुर क्षेत्री, अमित गुप्ता, सुनिता तिवारी, कल्पना अर्याल र बसन्ता पोखरेल रहेको निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकले बताए । त्यस्तै पदेन सदस्यमा तुल्सीराम शर्मा, ईश्वरी प्रसाद पाण्डे, अरुण कुमार श्रेष्ठ र कपिल अर्याल रहेका छन् ।
संस्थाको संरक्षकमा डा. ज्ञानदेव हटुवाल, प्रमुख सल्लाहकारमा क्याप्टेन रेशम के.सी., सल्लाहकारमा टेक बहादुर थापा र अधिवक्ता तारा आचार्य रहेका छन् ।
साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले रुपन्देही नागरिक समाज निस्वार्थ भावले अगाडी बढ्ने संगठित संस्था भएको बताए । उनले नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । नागरिक समाज संस्थाले समाजलाई सकारात्मकबाटतर्फ डो¥याएको उनले बताए । मन्त्री शर्माले भने, ‘समाजमा मानिस कमजोर र असफल हुन चाहँदैनन्, अरुलाई ढाँट्न सकिन्छ, तर आफैले आफूलाई ढांट्न सकिदैन ।’
संविधानसभा सदस्य इस्तियाक अहमद खानले रुपन्देही नागरिक समाजलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले समाजले उदाहरणीय कार्य गरेको बताए ।
रुपन्देही नागरिक समाजका अध्यक्ष क्याप्टेन रेशम केसीले विपद्को समयमा निरन्तर रुपमा समाजले सहयोग गर्दै आएको बताए ।
रुपन्देही नागरिक समाजका अध्यक्ष क्याप्टेन रेशम केसीको अध्यक्षता, कार्यक्रम संयोजक श्रीराम गुप्ताको स्वागत, उपाध्यक्ष शारदा पोखरेलको धन्यवाद ज्ञापन तथा सचिव दीपक रोकाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
साधारणसभाको अवसर पारेर संस्थाले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो । सम्मानित हुनेमा संविधानसभा सदस्य इस्तियाक अहमद खान, रुपन्देही नागरिक समाजका कोषाध्यक्ष चन्द्र बहादुर रोका, रुपन्देही नागरिक समाज सिद्धार्थनगर समितिका अध्यक्ष अमित कुमार गुप्ता, समाजका प्रेस संयोजक तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक सदस्य रामेश्वर भट्ट, पत्रकारद्वय रबिन्द्र प्रताप गुप्ता, महेश गुप्ता र कृषि विकास बैंक भैरहवा शाखालाई सम्मान गरिएको थियो । त्यस्तै समाजका संरक्षक प्रकाश चित्रकारलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij