२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

नेपाल घरबहाल सरोकार संघ रुपन्देहीमा पदस्थापन

मंगलवार , बैशाख ६, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, ६ वैशाख । 
    नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीको पाँचौं अधिवेशनबाट विजयी कार्यसमितिको पदस्थापन भएको छ । शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी संघको पदस्थापन गरिएको हो ।

    २०७८ चैत २९ गते बुटवलमा भएको ११ औं साधारणसभा तथा पाँचौं अधिवेशनले राजु लिगल (श्रेष्ठ)को नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको थियो । संघका प्रेस सल्लाहकार हरिष ढकाल संयोजक र पूर्व केन्द्रिय अध्यक्ष शंकर कोइराला र केन्द्रिय सदस्य शिवराज पोख्रेल सदस्य रहेको निर्वाचन समितिले लिगलसहितको कार्यसमितिलाई पदस्थापन गरेको हो ।

    मानव अधिकार तथा शान्ति समाज नेपालका सभापति गोविन्द खनालले घरबहाल सम्बन्धि कुरा निकै संवेदनशील रहेको बताउँदै संघलाई क्रियाशिल बनाउन आग्रह गरे । 

    पदस्थापन कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष खगेन्द्र पौडेलले संस्थालाइ बलियो बनाउँदै संघलाई क्रियाशिल बनाउन सुझाव दिएका थिए ।

    कार्यक्रममा निर्वाचन समिति सदस्य एवं पूर्व केन्द्रिय अध्यक्ष शंकर कोइराला, केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज न्यौपाने, केन्द्रिय सदस्य शिवराज पोख्रेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु लगायतले बोलेका थिए । 

    अधिवेशनले संघको अध्यक्षमा राजु लिगल, वरिष्ठ उपाध्यक्षमा टुक लाल न्यौपाने, व्यवसायिक उपाध्यक्षमा अमृत वि.क., बसोबास उपाध्यक्षमा जया पौडेल, महासचिवमा कृष्ण बहादुर खनाल, सचिवमा चेतनाथ शर्मा र कोषाध्यक्षमा दिपक पौडेल निर्वाचित भएका थिए । सदस्यहरु शुभ प्रताप राणा, बिरमान सुनार, किरण पोख्रेल, ठाकुर अधिकारी, कमल प्रसाद आचार्य, सुरेन्द्र गुप्ता, सौगात न्यौपाने र गोपाल प्रसाद श्रेष्ठ निर्वाचित भएका थिए ।