२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

राप्रपाले भुवन खनाललाई तिलोत्तमा मेयरको उम्मेदवार बनाउने

मंगलवार , बैशाख ६, २०७९

  • 9.0K
    Shares
  • 9.0K
    Shares
  • भैरहवा, ६ वैशाख ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाललाई मेयरको उम्मेदवार बनाउने भएको छ ।

    युवा नेता खनाललाई सर्वसम्मत रुपमा नगरप्रमुख (मेयर) पदको उम्मेदवार बनाउने निर्णय भएको राप्रपा रुपन्देहीका उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताले बताए ।

    खनाल भलवारीस्थित होटल हिडन प्यालेसका सञ्चालक  हुन् ।

    त्यस्तै राप्रपाले तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा वडाअध्यक्षका उम्मेदवारको पनि टुंगो लगाएको छ । जसअनुसार वडा नम्बर ७ मा सुरेश पन्थी, ८ मा निरञ्जन पराजुली, ९ मा खुम बहादुर राना, १० मा विक्रम के.सी., ११ मा गोपीनाथ पाण्डे, १३ मा शेर बहादुर घर्तीमगर, १४ मा तीर्थराज थारु र १७ मा संदिप थारुलाई वडाअध्यक्षको उम्मेदवार बनाउने राप्रपा रुपन्देहीले जनाएको छ ।

    278777833_338258448516418_4779886762468906341_n (1).jpg