
शुक्रवार , कार्तिक २१, २०७७
भैरहवा, २१ कार्तिक ।
गौतमबुद्ध मिडिया प्रा.लि.द्वारा प्रकाशित गौतमबुद्ध सन्देश दैनिकका सम्पादक कुलमणि ज्ञवालीलाई पितृशोक परेको छ । बिहीबार उनका पिता मणिराम ज्ञवालीको निधन भएको हो ।
८६ वर्षिय ज्ञवालीको गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ मा रहेको घरमा बिहीबार दिउँसो साढे ३ बजे निधन भएको हो ।
ज्ञवालीको निधनप्रति गौतमबुद्ध मिडिया प्रा.लि., नेपाल पत्रकार महासंघ रुपन्देही, लुम्बिनी प्रेस क्लब रुपन्देही लगायतका संघ–संस्थाले दुःख व्यक्त गरेका छन् ।
पत्रकार महासंघ रुपन्देहीले शुक्रबार शोक विज्ञप्ती जारी गर्दै पत्रकार ज्ञवालीका पिता मणिराम ज्ञवालीको निधनले महासंघलाई स्तब्ध बनाएको जनाएको छ । महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी. र सचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’
त्यस्तै लुम्बिनी प्रेस क्लबले शुक्रबार शोक विज्ञप्ती जारी गर्दै पत्रकार ज्ञवालीका पिता मणिराम ज्ञवालीको निधनप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष दिपेश पछाई र महासचिव सम्झना शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अग्रज पत्रकार तथा क्लबका सल्लाहकार ज्ञवालीका पिताको स्वर्गारोहणले क्लब परिवारलाई स्तब्ध बनाएको छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij