images

शनिवार, बैशाख १५ गते २०८१

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

images
images
images
मंगलवार, बैशाख ६ २०७९
मंगलवार, बैशाख ६ २०७९
  • युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

    ६ बैशाख : संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गरेका हुन् ।

    images

    युक्रेनमा रुसले आक्रमण गरेपछि भएको क्षतिको आंकलन भइरहेको र यहाँ मानिसहरुको उद्धार भइरहेको युक्रेनले जनाएको छ ।यहाँ अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यता अनुसारको मानवीय सहायता उपलब्ध गराउन उनले आग्रह गरेका हुन् ।

    उनले विश्व समुदायलाई आवश्यक सहायता उपलब्ध गराउन र यहाँका नागरिकलाई आवश्यक परेको सहायाता वितरणको काममा कुनै अवरोध नगर्न पनि आग्रह गरेका हुन् । यहाँका कतिपय सहरहरुमा नागरिकहरु अप्ठेरोमा परेर बाँचिरहेकाले उनीहरुको सहायताका लागि महासचिव गुटेर्रेसले आग्रह गरेका हुन् । ती क्षेत्रमा उद्धारका कामका लागि तथा आवश्यक सहायता उपलब्ध गराउनका लागि पहल गर्न विश्व समुदाय समक्ष उनले आग्रह गरेका हुन् । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij