२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

मंगलवार , बैशाख ६, २०७९

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका छन् ।

मंगलबार आयोगले काठमाडौंमा आयोजना गरेको मिडिया अन्तक्र्रिया कार्यक्रममा थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा नै स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका हुन् ।

उनले निर्वाचनका लागि बैंशाख ८ गते सवै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिए । थपलियाले दलहरुको सुझावकै आधारमा मनोनयनका लागि दुई दिन छुट्टाइएको र प्रचार प्रसारको अवधी पनि बढाइएको बताए । यसपटकको निर्वाचनमा अघिल्लो स्थानीय निर्वाचनमा भएका कमि कमजोरीलाई पनि सच्चाएर आयोग अघि बढेको उनले बताए ।

उनले आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन गर्नु सवै पक्षको दायित्व भएको र आफ्नो परिक्षा आफै लिएर यसको पालना गर्न सुझाव दिए । 

त्यस्तै उनले निर्वाचनको मौन अवधिमा देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन प्रस्ताव गरिएको जानकारी दिए ।