२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

रुपन्देहीमा बिहीबार थपिए १३२ जना कोरोना संक्रमित

बिहिवार , कार्तिक २०, २०७७

भैरहवा, २० कार्तिक । 
रुपन्देहीमा बिहीबार थप १३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ६३ महिला र ६९ जना पुरुष छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकाका ४०, सिद्धार्थनगर नगरपालिकाका २५, तिलोत्तमा नगरपालिकाका ३२, शुद्धोधन गाउँपालिकाका ५, देवदह नगरपालिकाका ४, सैनामैना नगरपालिकाका ६, ओमसतिया गाउँपालिकाका ११, सियारी गाउँपालिकाका ५, लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकाका २/२, जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ७ सय ४१ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । जिल्लामा ४ हजार ९ सय ५४ कोरोना संक्रमित निको भइसकेका छन् भने १ हजार ७ सय १२ संक्रमित उपचाररत छन् । 

स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा हालसम्म ७५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।