२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

मायादेवी–६ मा राप्रपाको प्रचार प्रसार कार्यालय उद्घाटन

आइतवार , बैशाख ४, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ४ वैशाख ।
    रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको शनिबार एक कार्यक्रमकाबीच राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले उद्घाटन गरेका हुन् । 

    कार्यक्रममा गाउँ समाज तथा पार्टीका कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, नेताहरु ओम प्रकाश लोध, शंकर खत्री, अरुण शाही, भोला थारु, उमापति बरई, राजु अग्रहरी लगायतको उपस्थिति रहेको थियो ।

    278696726_144517884758043_3082408801932908629_n.jpg