२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

नेपाल अडिटर्स एशोसियसन रुपन्देहीमा नयाँ नेतृत्व

आइतवार , बैशाख ४, २०७९

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • बुटवल, ४ वैशाख ।

    नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न अधिवेशनवाट नयाँ नेतृत्व चयन भएको छ । अडिटर्स एशोसियसन रुपन्देहीको छैठौं अधिवेशनबाट निर्विरोध रुपमा राम प्रसाद पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा कौशल कुमार कर्ण,सचिवमा कृष्ण प्रसाद न्यौपाने, सह–सचिवमा अरुण कुमार कर्ण र कोषाध्यक्षमा
    विष्णु बस्याल चयन भएका छन् ।

    निर्वाचन समितिका अनुसार संस्थाको सदस्यहरुमा मुकुन्द्रहरी ज्ञवाली, मधु प्रसाद खनाल, रामप्रसाद पाण्डे, लेखनाथ बस्याल, विष्णु प्रसाद पौडेल, दीपक न्यौपाने, लुम्वराज ज्ञवाली र चेत प्रसाद बस्याल निर्वाचित भएका छन् ।

    यस अघि अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अडानका केन्द्रिय अध्यक्ष मोहनराज रेग्मीले मुलुकमा आर्थिक संकट आउन नदिन अडिटरहरु थप जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । कर छली हुनबाट रोक्न अडिटरहरुको पनि
    महत्वपूर्ण भूमिका रहने भन्दै उनले राज्यलाई आर्थिक संकटमा फस्न नदिन थप चनाखो भएर काम गर्नुपर्ने बताए ।

    अडिटर्स एशोसियसन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा अडानका केन्द्रीय सचिवद्वय शंकर ज्ञवाली, सावित्रा शर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, आइक्यान बुटवलका
    संयोजक शिवहरी शर्मा, काशीराम पोखरेल, रामप्रसाद पौडेल लगायतले आ– आफ्नो भनाइ राखेका थिए ।