२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

चौतारीको कल्याणकारी कोषका लागि पत्रकार भण्डारीले दिए ५० हजार

शनिवार , बैशाख ३, २०७९


बुटवल, ३ वैशाख । 
नेपाल–अमेरिका पत्रकार महासंघ (नेजा) का महासचिव सुरज भण्डारीले प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको कल्याणकारी कोषका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

बुटवलमा लामो समय पत्रकारिता गरेर हाल अमेरिकामा बसोबास गर्दै आएका भण्डारीले कोषका लागि रकम प्रदान गरेका हुन् । उनी नेपाल पत्रकार महासंघ रुपन्देहीको पूर्व सह–सचिव एवं बुटवल टुडे दैनिकका पूर्व सम्पादक समेत हुन् । उनले पत्रकारहरुको हकहितका लागि चौतारीले कल्याणकारी कोष स्थापना गरेकोमा खुशी प्रकट गर्दै ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलमार्फत कल्याणकारी कोषका लागि रकम हस्तान्तरण गरिएको हो ।  उनले पत्रकारहरुको हक हित र पेशागत सुरक्षाका लागि जिम्मेवार भएर लाग्न र रचनात्मक काममा सक्रिय हुन सुझाव दिए । 

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष पौडेलले संगठनको कल्याणकारी कोषका लागि सहयोग गरेकोमा भण्डारीलाई धन्यवाद थिए । त्यस्तै प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य दिपु पोखरेल ज्ञवालीले पनि कल्याणकारी कोषका लागि २५ हजार पाँच सय रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छन् । उनले कोष स्थापना गरेकोमा धन्यवाद दिंदै आफूले सहयोग गर्ने बताएकी हुन् ।