
बिहिवार , बैशाख १, २०७९
भैरहवा, १ वैशाख ।
जेसीआई सिद्धार्थ लेडी, नेपालले क्यान्सर पिडित व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो भन्ने जेसीज आस्थालाई आत्मसात गर्दै लेडी जेसीजले सहयोग गरेको हो ।
जेसीजले नयाँ वर्ष २०७९ सालको अवसर पारेर नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको छ । संस्थाकी अध्यक्ष जेसी प्रकृति उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया निवासी ५३ वार्षिया चन्द्रमा कुमारी दाहाललाई उपचारका लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको कार्यक्रम संयोजक मीना पाण्डेले जानकारी दिइन् ।
लेडी जेसीजले बेलहिया युवा सामाजिक अभियन्ता समूहसंग संयोजन गरी सहयोग स्वरुप उक्त रकम अभियन्ता समूहका कोषाध्यक्ष देवराज न्यौपाने मार्फत हस्तान्तरण गरिएको थियो ।
संस्थाका महासचिव श्रृजना पाठकको सञ्चालन तथा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij