२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

महिला उद्यमी संघको लुम्बिनी साँस्कृतिक नगर कमिटी गठन

सोमवार , चैत्र २८, २०७८

रुपन्देही, २८ चैत ।
लुम्बिनी महिला उद्यमी संघ, नेपालको लुम्बिनी साँस्कृतिक नगर कमिटी सोमबार गठन गरिएको छ । माया गुरुङको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा बबिता केसी, सचिवमा बुद्धि कुमारी थापा र कोषाध्यक्षमा विन्दु घिमिरे रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा लक्ष्मी खत्री, गोमा विष्ट, तुल्सी थापा, शिवा रोका, कौशिला बुढाथोकी, चन्द्रकला सारु, ज्ञानमति कहार, लक्ष्मी चापागाई, रिता थापा र लक्ष्मी खत्री (गुरुङ) रहेका छन् । नवनिर्वाचित कमिटीलाई लुम्बिनी महिला उद्यमी संघ नेपालका अध्यक्ष रचना पन्तले बधाइ तथा शुभकामना दिएकी थिइन् ।