२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

डेढ करोड लगानीमा सञ्चालनमा आयो ‘द रोयल ग्यालेक्सी होटल’

सोमवार , चैत्र २८, २०७८

भैरहवा, २८ चैत ।
रुपन्देहीमा करिब डेढ करोडको लगानीमा ‘द रोयल ग्यालेक्सी होटल’ सञ्चालनमा आएको छ । मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोड (सिद्धार्थनगर सिटी हस्पिटल)नजिकै सोमबारदेखि होटल सञ्चालनमा आएको हो । होटलको लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका हुन् ।

278340920_3133896136849660_8287952426399534822_n.jpg

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको र होटलको माग बढेको कुरालाई मध्यनजर गर्दै ‘द रोयल ग्यालेक्सी होटल’ शुभारम्भ गरिएको सञ्चालक कमलेश कोहारले बताए । चार तल्ले होटलमा १४ वटा कोठा रहेको कोहारले जानकारी दिए । होटलमा हाल १० जना कर्मचारीले रोजगारी पाएको उनले बताए । आगामी दिनमा ग्राहकको सल्लाह सुझाव अनुसार अगाडी बढ्ने उनको भनाइ छ । 

277977007_312846957463173_1708696010558995719_n.jpg