२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

बोधी रेडसन होटल व्यवस्थापनको जिम्मा शाईनीलाई

शुक्रवार , चैत्र २५, २०७८

भैरहवा, २५ चैत । 
रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा सञ्चालनमा रहेको बोधी रेडसन होटलको व्यवस्थापन शाईनी होटल्स एण्ड रिसोर्टले लिएको छ । भारतमा होटल व्यवस्थापनमा प्रख्यात मानिएको शाईनीले रेडसन आफ्नै रेखदेखमा सञ्चालन सुरु गरेको छ ।

अबका दिनमा शाईनीले चार तारे होटल बोधी रेडसनको व्यवस्थापन, सेल्स र बजार सबै आफैले तय गरी होटल सञ्चालन गर्ने जनाएको छ । शाइनी होटल्स एण्ड रिसोर्टका प्रमुख कार्यकारी अधिकृत दीपक ठाकुरले भारतको ब्राण्ड कम्पनीले शाईनीले नेपालको केही अन्य होटलहरुमा पनि व्यवस्थापनको प्रयास गरिरहेको जनाए । सीमा क्षेत्रमा रहेका होटलहरुलाई लक्षित गरी शाइनीले चेन व्यवसायको रुपमा यसलाई परिस्कृत गर्ने र नेपाल भ्रमणमा आउने भारतीय तथा आन्तरिक पर्यटकलाई एकै प्रकारको सेवा उपलब्ध गराउने लक्ष्य रहेको जनाए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटकीय गतिविधि अझै बढ्ने ठाकुरले बताए ।

Redsun (1).jpg

 

शाईनीले यसअघि काठमाण्डौंको रुद्र भ्यु, मूनलाई रिसोर्ट, गोल्डेन गेट लगायतका होटलहरुमा पनि आंशिक ब्यवस्थापनको काम हेरेको ठाकुरले जानकारी दिए । सीमा क्षेत्रमा भारतीय पर्यटकहरुका लागि अधिकतम पर्यटनको सम्भावना रहेको र भारतमा आफ्नो राम्रो पकड रहेको कारण यसले नेपालका होटल तथा पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने ठाकुरले बताए । उनले नेपाल पर्यटनको सम्भावना बोकेको मुलुक भएकाले होटल व्यवसायको समेत राम्रो सम्भावना भएको बताए ।

बोधी रेडसन होटलमा अहिले ९८ वटा कोठा, १६ वटा भिलासहित क्यासिनो, व्यायामशाला, ५ सय बढी क्षमताको बैठक कक्ष, वाटर फन पार्क लगायतको सुविधा छन् ।