
मंगलवार , कार्तिक १८, २०७७
भैरहवा, १८ कार्तिक ।
रुपन्देहीमा मंगलबार थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३६ महिला र ४९ जना पुरुष छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकाका २९, सिद्धार्थनगर नगरपालिकाका १६, तिलोत्तमा नगरपालिकाका ९, शुद्धोधन गाउँपालिकाका ६, देवदह नगरपालिकाका ३, सैनामैना नगरपालिकाका १६, सियारी गाउँपालिकाका ३, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया र कञ्चन गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ५ सय १७ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । जिल्लामा ४ हजार ७ सय ८८ कोरोना संक्रमित निको भइसकेका छन् भने १ हजार ६ सय ५४ संक्रमित उपचाररत छन् ।
स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा हालसम्म ७५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij