२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

एफइसी सहकारीद्वारा गुल्मीमा अन्तरक्रिया

बिहिवार , चैत्र २४, २०७८

तिलोत्तमा, २४ फागुन ।
एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा मंगलापुरले गुल्मी क्षेत्रका आफ्ना सदस्यहरुसँग भेटघाट तथा छलफल अन्तरक्रिया गरेको छ । गुल्मीको बलेटक्सार पुगेको सहकारीको टोलीले आफ्ना गुल्मी क्षेत्रका सदस्यहरुसँग भेटघाट गरी सहकारीका योजना तथा कार्यक्रमबारे छलफल गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए । त्यस अवसरमा सहकारीका नीति, सिद्धान्त, कार्यक्रम तथा योजनाका बारेमा जानकारी गराइएको थियो ।

त्यस अवसरमा सहयोगी बचत तथा क्रृण सहकारी संस्था र कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग छलफल गरी सहकारी एकीकरण सम्बन्धी प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको वरिष्ठ व्यवस्थापक ज्ञवालीले जानकारी दिए ।
तीनवटा सहकारी संस्थाका बीचमा एकीकरण गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको हो ।

छलफलका क्रममा एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तारानाथ कंडेल, सचिव निरज कंडेल, सल्लाहकार बेदप्रसाद कंडेल लगायतले सहकारीका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवी पाण्डे र सहयोगी बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष यमबहादुर क्षेत्रीले समेत आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गुल्मी क्षेत्रका सदस्य बाबुराम ज्ञवालीले गरेका थिए ।