२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

श्रीलंका जस्तै आर्थिक संकटमा नेपाल जाँदैन : पूर्वगर्भनर नेपाल

बिहिवार , चैत्र २४, २०७८

बुटवल, २४ चैत । 
नेपाल राष्ट्रका पूर्व गर्भनर चिरञ्जिवी नेपालले विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकलिदै गएको बताएका छन् । बुधवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा वोल्दै पूर्वगर्भनर नेपालले यस्तो बताएका हुन् ।

कोरोना भाइरस पश्चात् आर्थिक अवस्था किन घट्दै गएको छ भन्ने सवालमा सरकारले कर्जा विस्तारमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ प्रतिशत बढी गरेको र जबकी, मौद्रिक नीति १९ प्रतिशत रहेको बेला लगानी गर्नु अस्वभनीय हुन गएको बताए ।
उनले मुलुुकको आर्थिक अवस्थालाई मजबुत वनाउनका लागि हरेक कुरामा संचितिकरण गर्नुपर्ने ध्यान दिनुपर्ने र निर्यातलाई बढाउनुपर्नेमा जोड दिए । अहिले नेपालको अवस्था ऋण तिर्न सक्ने रहेको भन्दै सधै ऋणमा मात्रै भर पर्न नहुने, उत्पादन र निर्यातलाई उर्जाशिल बनाउने बाटोमा सरकार गम्भिर रुपमा अगाडि बढ्नुपर्ने सुझाव दिए ।

उनले भने, ‘श्रीलंकामा उत्तरपुस्तिका किन्ने पैसा समेत नभएर सबै तहका परीक्षा रोकिएको घटना जस्तै अवस्था नेपालमा तत्काल आउँदैन, सरकारले रेमिटान्स बढाउने बारेमा लागेको मैले दे’खेको छु । केही महिनाभित्र रेमिटान्स बढ्छ । अहिले नै नेपाल, श्रीलंका जस्तै स्थितिमा पुग्छ भनेर आत्तिनुपर्ने अवस्था छैन् । ‘

अव, आयातमा भन्दा निर्यातलाई जोड दिदै, स्थानीय तह र प्रदेश सरकार पनि केन्द्रमुखी मात्र नभई आत्मनिर्भरतर्फ उन्मुख हुनुपर्ने वताए ।

एमसीसी परियोजनाले नेपालमा आर्थिकमन्दी सुरु भएको हो भन्ने, हल्ला छ त ? भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा पूर्वगर्भनर नेपालले एमसीसीले आर्थिकमन्दी भएको हो भन्ने कुरा सत्य नभएको भन्दै भ्रम भएको बताए । उनले भने, ‘नेपालको आर्थिक अवस्थालाई एमसीसीले कुनै असर गरेको छैन, विकासलाई थप टेवा पु¥याउँछ ।

तिलोत्तमा क्याम्पसका पूर्वप्रमुख एवं अर्थशास्त्री डा. रामचन्द्र आचार्यले विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरुले (इकोनोमिक डेप्पोमेसी) बारे काम नगरेको, दूरदर्शीताको अभाव हुँदा पनि नियमन निकायले कुनै चासो नदिनु, विदेशी मुद्रामा संचिति नहुनु, उत्पादन घट्नु र आयात बढ्नुले गर्दा पछिल्लो समय नेपालको आर्थिक अवस्था कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले समयमै सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको सुझाव दिदै, श्रीलंकाको जस्तै स्थिति नेपालको पनि नहोला भन्न नसकिने बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य डा.बालकृष्ण चापागाँईले बजारमा आर्थिक मन्दीको चरम संकट पैदा भएको बताए । उनले नेपाली मुद्रा कहाँ गइरहेको छ ? किन संकट पैदा भयो ? यस विषयमा किन सरकारले कदम चाल्दैन ? भन्ने बारेमा सवाल उठाए । जसका कारण सामान्य लगानी समेत बैंकहरुले गर्न नसकेको अवस्थामा यस्तै अवस्था रहिरहे मुलुक ठूलो आर्थिक संकटमा जाने जिकिर गरे ।

उनले भने, ‘नेपालका अर्थशास्त्रीहरुले यो समस्यालाई समाधान गर्नतर्फ के गरिरहेका छन् ? भन्दै श्रीलंकाको जस्तै नियती नेपालले भोग्नबाट वचाउन जिम्मेवार निकाय र सरोकारवालाले कदम चाल्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्विनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।