२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

श्रम, कानून तथा नियमावलीका व्यवस्थाहरुसम्बन्धी सचेतनामूलक कार्यक्रम

बुधवार , चैत्र २३, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २३ चैत ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वय तथा श्रम तथा रोजगार कार्यालय बुटवलको आयोजनामा सोमबार भैरहवामा श्रम, कानून तथा नियमावलीका व्यवस्थाहरुसम्बन्धी जनचेतनामूलक श्रमिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा सहभागिहरुले श्रम तथा रोजगार कार्यालय भैरहवामा स्थापना गर्नुपर्ने, सामाजिक सुरक्षा कोष स्वेच्छिक हुनुपर्ने लगायतका माग गरेका थिए । सोही कार्यक्रममा रोजगार सम्झौता, रोजगार सम्बन्ध र रोजगारी सुरक्षासम्बन्धी प्रस्तुतीकरण गरिएको थियो ।

    कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उपाध्यक्ष नेत्र प्रसाद आचार्य, अरुण कुमार गोयनका, नेपाल रोडा ढुंगा व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोपाल ज्ञवाली, श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख गिरीराज ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।