२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

रुपन्देहीमा सोमबार थपिए १६२ जना कोरोना संक्रमित

सोमवार , कार्तिक १७, २०७७

भैरहवा, १७ कार्तिक । 
रुपन्देहीमा सोमबार थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ८० महिला र ८२ जना पुरुष छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका ५५, सिद्धार्थनगर नगरपालिकाका ३३, तिलोत्तमा नगरपालिकाका ४०, शुद्धोधन गाउँपालिकाका ६, देवदह नगरपालिकाका ४, रोहिणी गाउँपालिकाका २, सैनामैना नगरपालिकाका १३, सियारी गाउँपालिकाका ६, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया र कञ्चन गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ४ सय ३२ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

जिल्लामा ४ हजार ६ सय ५१ कोरोना संक्रमित निको भइसकेका छन् भने १ हजार ७ सय ६ संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा हालसम्म ७५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।