images

बिहिवार, चैत्र १५ गते २०८०

मुठ्ठी बाँधेर दौड्नु पर्छ

मुठ्ठी बाँधेर दौड्नु पर्छ

images
images
images
बिहिवार, चैत्र १७ २०७८
बिहिवार, चैत्र १७ २०७८
  • मुठ्ठी बाँधेर दौड्नु पर्छ

    सिद्धार्थनगर नगरपालिकाको गौरवशाली इतिहास भएपनि वर्तमानमा यो मरिच खुम्चिए झैँ खुम्चिएको छ भनेर एकजना लम्बोेदरले चिया पसलमा मानिसको झुण्डमा भनिरहेका थिए । छेवैमा यो पंक्तिकार पनि भएकोले उनको कुरा नसुनी धरै थिएन ।  उनका भनाइहरुमा सत्यता छ/छैन मलाई थाहा छैन , सबै पाठकहरुको जिम्मा लगाइदिएर म खुरुखुरु उनका वाणीहरुको टिप्पणी गर्न गइरहेको छु ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिका वास्तविक अर्थमा हेर्ने हो भने यो नगरपालिका हो, होइन थाहन छैन । ऋण गरेर बाटो र फुटपाथको अवस्था कस्तो छ ? भनेर हेर्न अन्त जानै पर्दैन । फुटपाथका ढक्कनहरु निस्किएका, टेढामेढा भएका, र नमिलेका छन्। यति हुँदा पनि कसैको पनि ध्यान गएको देखिन्न, भनेर नगरवासीहरु दुःखी छन्। अस्ति मात्र हो एक जना वाहिरबाट आएका एक भद्र पुरुष नगरपालिका शिकायत गर्न गएछन्, त्यहाँका ठूला हाकिमले कर्कशा स्वरमा मात्र होइन चेतावनीपूर्ण लवजमा भने यस्तो प्रतिगमनकारी कुरा लिएर यहाँ आउने ? यहाँ आएपछि अग्रगामी कुरा गर्नु पर्छ राम्रो राम्रो देख्नु र लेख्नु पर्छ, नराम्रो जति ‘प्रतिगमनको’ विल्ला ठोकिदिएर भित्तामा पुर्‍याउनु पर्छ । लम्बोदर उत्तेजित हुँदै थिए उनको उत्तेजनामा श्रोताहरु मजा लिइरहेका थिए मानौ उस्को कुरा केही हुदै होइन।

    ऐले यस नगरपालिकामा मेयर हुनेहरुको लाइन लागेको छ । पार्टीको पाटीमा बस्नेले कसलाई टिकट दिने हुन् थाहा छैन सबै भन्छन् म सक्षम छु, नगरवासीको दुःख र पीडा मै भए शान्त हुन्छ अरु भए हुँदैन । गौतम बुद्धको जन्मस्थान यहाँबाट करीब २२ कि.मि. भएको हुनाले पनि यो नगर प्रवेशद्वार नै हो । यस्तो महत्वपूर्ण नगरको किन आज यस्तो हविगत ?

    लम्बोदरको कुरा सुनिरहेको एकजना व्यक्तिले जोडले चिच्याए—“के नकरात्मक कुरा मात्र गरेको ? सकारात्मक कुरा गरन यो नगर के कुरामा कम छ ? मानिसहरु सुखी र खुशी छन्, उनीहरुलाई केही वास्ता छैन भने तिमी किन चुरुफुरी गरिरहेका छौ ?

    लम्बोदरले शान्त स्वरमा भन्न शुरु गर्‍यो किन यसरी जोडले चिच्याएको ? यसरी जोडले चिच्याएर हुने भए मर्निङ्गवाक ग्रुपले कति चिच्यायो ? नगरको मुहार हेरेका छौ ? विदेशी ऋण कति छ ? नगरपालिकाले कति कर लिन्छ ? र कुन शीर्षकमा ? त्यही करको भरमा कति काम गरेका छन् ? हेक्का राखेका छौ ? नगरको नेतृत्व लिने जो कोही होस् – त्यो नगरवासीको पिता हुनु पर्ने होइन ? आफ्ना लाला बालालाई फुटपाथमा सुताएर आफु कहाँ छन् ? हेक्का राख्नु पर्दैन ?

    खै आज नगरमा गाडी राख्ने ठाउँ ? के फुटपाथ गाडी पार्कीङ्ग कै लागि बनाएका हो ? हो भने भन्न सक्नु पर्‍यो नि ? फुटपाथबाट किन मोटर साइकल गुडछन् त ? लौ भनौ त ? 
    त्यति मात्र कहाँ हो र ? गुल्मी, अर्घाखाँचीबाट आएका एक हुल मानिसहरु बुद्धचोकमा ओर्लिए र नगर घुम्ने इच्छा भएकोमा देवकोटा तर्फ लागे । भन्न पनि लाज लागने ? हेर्न त कुरै भएन, हुलमा २,३ जनालाई पिसाबले जोडले च्यापेछ कहीँ कतै ठाउँ छैन – शौचालय । भयो फसाद ! कि सुराल मै दिनु पर्‍यो कि कतै ठाउँ हेर्न पर्‍यो । चारैतिर घरहरु छन् ।

    एकजना छेवैको हिडिरहेको मान्छेलाई सोधे –“हैन ! यहाँ मुत्ने ठाउँ कहाँ छ ?”

    हँ ! यहाँ त छैन जानुहोस वसपार्क सम्म, “तर त्यहाँ पैसा चाँही तिर्नु पर्छ।” गाउँले छक्क पर्‍यो –“मुतेको पनि पैसा ! हरे शिव !के जमाना आएछ ।”

    शौच गर्न उनीहरु खुला ठाउँको खोजिमा लागे । भेटे भेटेनन् ऐले सम्म थाहा छैन  – हाम्रो देशको लोकतन्त्र जस्तै ।

    सिद्धार्थनगरमा सार्वजनिक शौचालय छैनन् । अन्तर्राष्ट्रिय विमानस्थलको गुड्डी हाक्ने हामी, गौतम बुद्धको जन्मस्थलको प्रवेशद्वारमा मानिसहरुको मुठ्ठी बाँधेर हिडिरहेका देखिन्छन्  – कत्ति पनि लाज छैन !!

    मुठ्ठी बाँध्नु सि.न.पा बासीको ठूलो पहिचान हो मुठ्ठी खोलेर हिड्न त दक्षिणतिरै लाग्नु पर्छ । मुठ्ठी  पनि खुला रुपमा कहाँ बाँध्ने हो र ? प्यान्ट, सुरुवाल वा त्यस्तै लगाएका पोशाक भित्र हात राखेर मुठ्ठी बाँधेर दौडनु पर्छ।

    सि.न.पा वासीलाई यस्तो अनुभव भएको छ छैन तर एकजना नगरवासीले नगरमा गएर आफ्नो कथा व्यथा सुनाएछन्, सार्वजनिक शौचालय बनाउन पर्ने दलिल पनि राखेछन्  – सरोकार वालाले जवाफ दिएछन्, ‘ तपाईहरुलाई प्रत्येक चिज प्लास्टिकमा राख्नु पर्ने? पिसाब चाँही किन नराख्ने ? राख्नुहोस् र घरमा गएर फाल्नुहोस् ।’

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij